AMRIT KHADKA
  • Home
  • Blog
  • Gallery
January 29, 2019 by prasanna

घामबाट बच्ने कि घाम ताप्ने ?

घामबाट बच्ने कि घाम ताप्ने ?
January 29, 2019 by prasanna

राम्रो स्वास्थ्यको लागि लाखौँ वर्षदेखि घाम ताप्दै आएकोमा हाल आएर सूर्यबाट आउने सबै पराबैंगनी विकिरणलाई रोक्नु स्वास्थ्यको लागि राम्रो हो भन्ने विश्वास बढेको छ। के साँच्चै हामी पनि घामबाट बच्नु पर्छ त ? छालामा मेलानिन तत्त्व धेरै कम भयका गोरा छाला भएकाहरू को लागि घामबाट बच्न भनिएको थियो । तर हामीहरू जसको छालामा धेरै मेलानिन छ, उनीहरू को यो गलत विश्वासका कारण स्वास्थ्यमा फाइदा हैन बेफाइदा भयको छ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वभरि बढी रहेको छालाको क्यान्सर र आँखामा हुने केही समस्याबाट बच्नको लागि सूर्यको किरणबाट बच्नु पर्छ भनेको हो ।  भिटामिन डी प्राप्त गर्न घाम लागेको समयमा आकस्मिक रूपले सातामा दुईदेखि तीन पटकसम्म ५ देखि १५ मिनेटसम्म हात पाखुरा, अनुहारमा घाम पार्न सके हाम्रो शरीरमा भिटामिन ‘डी’ को स्तर उच्च रहिरहन्छ भन्ने आशयको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को भनाइ ले गर्दा अहिलेको यो अवस्था सिर्जना भयको छ।   

सबट्रपिकल हावापानीमा रहेको नेपालमा सामान्यतया वर्षभरि धेरै मात्रामा घाम लाग्छ। काठमाडौँमा वर्षमा औसत ३ सय दिन घाम लाग्छ। नेपालीहरू डब्लूएचओ ले भने भन्दा बढी नै घाममा देखा पर्ने गर्छन्। तर ल्याबमा रगत जाँचका लागि आइपुगेकाहरू मा ८० प्रतिशत जति मा यसको कमी भयको पाइएको छ। सन् 2022 मा सेरचन्द, जे के बरणवाल र बि गेलाल ले पूर्वी नेपालमा गरेको अनुसन्धानात्मक अध्ययनमा ५५.९ प्रतिशतमा यो भिटामिनको कमी भयको पाइयो। सहरिया नेपालीहरू समेत डब्लूएचओ ले भने भन्दा बढी नै घाममा देखा पर्ने हुँदा हुँदै कसरी त्यति ठुलो जनसङ्ख्या मा यो समस्या आयो ? आजकाल किन अधिकांश मानिसहरू भिटामिन डी को कमीको समस्याबाट ग्रसित छन् त ?

कालो र गहुँगोरो छालामा मेलानोसाईट्स भन्ने कोष बढी हुने गर्छ जसले मेलानिन उत्पादन गर्दछ। यो यस्तो तत्त्व हो जसले युभी-रे हरूलाई रोक्ने गर्दछ। त्यस्ता मानिसहरू घाममा सजिलै डढ्छन् तर घामको विकिरणको प्रभाव कम हुने गर्दछ। मेलानिन बढी भएको कारण कालो छाला भएका मानिसहरूको गोरो छाला भएका मानिसको दाँजोमा कम चाउरी पर्ने र क्यान्सर हुने सम्भावना कम हुन्छ । गोरो छाला भएकाहरू लाई बढी घाम हानिकारक हुन्छ। घाम कै कारण ले धेरै लाई छालाको क्यान्सर भएको छ । अफ्रिका महादेशका ती देशमा मात्र यो रोग देखिन्छ जुन देशमा गोराहरू (फेयर स्किन पिपुल) बस्दछन् जस्तै कि साउथ अफ्रिका र कङ्गो । पश्चिमा ले विकास गरेको आधुनिक मेडिकल साइन्समा मानव स्वास्थ्यको मानक, आधार र कारणहरू लिँदा उतै तिरको मानिसहरू लाई आधार बनाइएको छ । युरोपमा कम तातो भएको घाम लाग्ने र बढी चिसो हुने कारण अधिकांश समय शरीर बाक्लो कपडाले ढाक्ने गर्नुपर्थ्यो, त्यसैले उनीहरूको छाला गोरो भयो । तर नेपालीहरू यसको विपरीत छन्, हामीलाई बढी घाम फाइदाजनक हुन्छ l केही समय अघि सम्म नेपालीहरू मा छालाको क्यान्सर देखिएको थिएन । हजारौँ वर्ष देखि हाम्रा पूर्वजहरू मा ठाउँ अनुरूप कै छाला विकास भएको छ । हजुरबा भन्दा अगाडिको पुस्ता कछाड मात्र लगाएर दिनभरि घाममा खेतबारी का काम गर्ने गर्थे। हिँडडुल गर्दा र  खेतबारीमा काम गर्दा धेरै समय घाममा बिताउने हाम्रो पुर्खालाई त्यति धेरै घाम ले पनि नपुगेर समय समयमा घाममा बसेर शरीरमा तेल घस्ने चलन थियो । महिलाहरूको कपडाको डिजाइन कम्मर र पेट देखिने धोती र ब्लाउज डिजाइन थियो।  कम्मर र पेटमा घाम परोस् भन्ने उद्देश्यले यस्तो डिजाइन प्रयोग गरिएको हुनसक्छ।    

 युरोपमा विकास भएको सेतो छाला भयका मानिसहरू लाई अफ्रिका, अमेरिका, एसिया र अस्ट्रेलियाको चर्को घाम सहन गर्ने क्षमता छैन । त्यसको उपाय स्वरूप सन् ब्लक क्रिमको विकास गरेका हुन् । हाम्रा पूर्वजलाई कहिल्यै सन् ब्लक क्रिम लगाउनु परेन र उनीहरूलाई कहिल्यै छालाको क्यान्सर लगायत अन्य कुनै किसिमको हानि भएन । दक्षिण  एसिया, अफ्रिका, दक्षिण अमेरिका र अस्ट्रेलियामा विकास भयका त्यहाँका आदिवासी समुदायलाई युरोपीय हरू भन्दा बढी समय घाममा शरीरको कम्मर र पेटको भाग देखाउनुपर्छ । हाम्रो छालामा रहेको पिग्मेन्ट (छालाको रङ्ग) र मेलानिनले हाम्रो छालाभित्र रहेको तन्तुलाई सूर्यको युभी किरणबाट जोगाउन छाताको रूपमा काम गर्छ। हाम्रो छाला जति कालो हुन्छ, त्यहाँ धेरै मेलानिन हुन्छ र छालालाई भिटामिन डी उत्पादन को लागि पर्याप्त UV प्राप्त गर्न त्यति नै धेरै समय लाग्छ। संसारमा मानिसहरू मा  मोटा मोटी चार प्रकारका छाला छन् । छालाको रङ्ग वा पिग्मेन्टेशनमा भिन्नता बंग्सानुगत र घाममा डढ्ने कारणले हुन्छ l छालाको रङ्गमा भिन्नता छालामा मेलानोसोमहरू को आकार र वितरणमा भिन्नताको कारणले पनि हुन्छ । युरोपियन मूलका गोरा मानिसहरूलाई ५ देखि १० मिनेट घाम पर्याप्त हुन्छ। गहुँगोरो नेपालीहरू जसको छालामा मेलानिन छ उसले प्रतिदिन ६० मिनेट घाम ताप्नु पर्छ। 

शरीरको छाला मुनि रहेको 7-डिहाइड्रो कोलेस्टेरोललाई सूर्यको पराबैंजनी विकिरणले भिटामिन डी मा परिणत गर्छ । त्यसैले भिटामिन डी लाई “सन साइन भिटामिन” पनि भनिन्छ। भिटामिन डी वा “घाम भिटामिन” एक महत्त्वपूर्ण पोषक तत्त्व हो जसले शरीरमा क्याल्सियम र फस्फेटको मात्रालाई नियमित गर्न मद्दत गर्दछ । यसले हड्डी, दाँत र मांसपेशी बलियो बनाउँछ भन्ने बुझाइ रहेकोमा हालका बर्सहरूमा यसको बारेमा थप जानकारीहरू प्राप्त भकाएछन् । यसको कमीबाट डिप्रेसनको जस्तै लक्षणहरू हुन्छ, जस्तै मूढ नराम्रो हुनु, निराशा बढ्नु, उदासी पन बढ्नु, थकान महसुस हुनु, निन्द्रा नलाग्नु, बारम्बार बिरामी भई राख्नु र बिर्सने पन बढ्नु । भिटामिन डी वास्तवमा भिटामिन भन्दा एक हर्मोन हो; यसले आन्द्राबाट क्याल्सियम र फस्फेटलाई रक्त प्रवाहमा अव शोषित गर्छ । भिटामिन डी प्रायः सूर्यको किरणको प्रतिक्रिया स्वरूप हाम्रो शरीरको छालामा उत्पादन हुने एक बहु-कार्यात्मक हर्मोन वा प्रोहार्मोनको रूपमा कार्य गर्ने भिटामिन हो । हाम्रो मानसिक स्वस्थ, कोरोना जस्तो महामारी सङ्ग लड्ने क्षमता, सुखी दाम्पत्य जीवनमा यसको प्रभाव आदिको बारेमा हालै भयका अध्ययन हरू ले नयाँ नयाँ तथ्यहरू देखाएको छ। तर बजारमा यत्ति धेरै महत्त्वपूर्ण र अति आवश्यक घाम ताप्ने कुराको फाइदा हैन कि यसबाट हुनसक्ने सम्भावित हानि र त्यसबाट बच्न औद्योगिक उत्पादन प्रयोग गर्ने कुरालाई बढी प्रचार प्रसार गरिएको छ। किनकि घाम किन्न वा बेच्न मिल्दैन l क्रिम र औषधि बजारमा बेच्नु छ, अनि बिक्री बढाउन अनेक प्रयत्न गरिन्छ । यो कुरा पुजी बादी वा उपभोगवादी बजार प्रणालीको साइड इफेक्ट हो l 

गोरो छाला राम्रो भन्ने मान्यता छ।  गोरो देखिन होस् अथवा धरै कपडा लगाउने चलन ले होस् घामबाट, बच्न खोज्ने, घाम देखि डराउने र पर्याप्त घाम नलाग्ने ठाउँमा बस्नेहरू मा भिटामिन डी को कमी को समस्या त छदै छ । पर्याप्त घाम नपर्ने काठमाडौँ उपत्यका का बाक्लो बस्तीमा बसोबास गर्नेहरू मा किन  क्यान्सर रोग र अन्य समस्याहरू बढी देखिएको छ ? त्यसमा भिटामिन डी कमी को भूमिका के कति छ भन्ने विषयमा नयाँ अनुसन्धान गर्नु पर्ने देखिन्छ।  

भिटामिन डी उत्पादन गर्न हाम्रो छालामा हाइड्रो-कोलेस्टेरोल पर्याप्त हुन्छ। यद्यपि, यो कुरा पराबैंगनी-युक्त घाममा रहन्छौ र हाम्रो छालाको कति भाग पराबैंगनी किरण को सम्पर्कमा छ भन्ने कुरामा निर्भर हुन्छ। यू भी अर्थात् पराबैंगनी किरण हामीले लगाएको कपडा छेडेर शरीरको छाला सम्म पुग्न सक्दैन । तसर्थ, कपडा, जुत्ता, टोपी, आदिले ढाकेको  शरीरका भागमा भिटामिन डी उत्पादन हुँदैनन् । पुरा लुगा लगाएको व्यक्ति घाम लागेको दिनमा बाहिर हिँड्दा हात, अनुहार र घाँटीमा मात्र यू भी किरण परेको हुन्छ। त्यो कुल शरीरको सतहको लगभग 5% हो । अधिकतम डी उत्पादन प्राप्त गर्न, धेरैजसो शरीर नाङ्गो  हुनपर्छ। सनस्क्रिनले पराबैंगनी किरणलाई छालामा भिटामिन डी उत्पादन हुने ठाउँसम्म पुग्नबाट रोक्छ। कपडा वा सन स्क्रिन नलगाएको भागमा यु भी किरण पर्दा छालामा भिटामिन डी उत्पादन हुन थोरै समय मात्र लाग्छ।

विगत पाँच-दस वर्षको अवधिमा यो भिटामिनको सप्लिमेन्ट लिने चलन बढेको छ र ती ट्याब्लेट हरू बजार भरि उपलब्ध छन्। जोन्स हप्किनस् मेटाबोलिक बोन एन्ड ओस्टियोपोरोसिस सेन्टरका मेडिकल डाइरेक्टर डा. केन्डल मोसेले लगायत धेरै जनाले यस किसिमको सप्लिमेन्ट प्रयोगबाट हुने फाइदा बेफाइदाको बारेमा धेरै अध्ययन हुन बाकी रहेको भनी बताएका छन् । गहुँगोरो छाला भएकाहरू को लागि सप्लिमेन्ट लिनु भन्दा घाम ताप्नु नै उचित हो। कम्तीमा दिनको एक घण्टा कम्मर र पेटको भाग घाममा देखाएर घाम ताप्नु पर्छ। घामबाट डराउने हैन कि नियमित रुपमा घाम ताप्ने गरौ। बलियो हड्डी, राम्रो निन्द्रा र हर्षित मन लिएर बाचौ । यो विषय हाम्रो स्वस्थ को लागि महत्त्वपूर्ण भयकोले व्यापक सार्वजनिक छलफल र आवश्यक अनुसन्धान गरौँ । 

अमृत खड्का   magh 2080

Previous articleअत्यधिक दोहन, बन्देज र निकासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About The Blog

Nulla laoreet vestibulum turpis non finibus. Proin interdum a tortor sit amet mollis. Maecenas sollicitudin accumsan enim, ut aliquet risus.

Recent Posts

घामबाट बच्ने कि घाम ताप्ने ?January 29, 2019
अत्यधिक दोहन, बन्देज र निकासीJanuary 29, 2019
इ–रेडिएसन : खाद्य सुरक्षा र निर्यात वृद्धिमा उपयुक्तJanuary 29, 2019

Categories

  • Lifestyle
  • News
  • People
  • Post
  • WordPress

Meta

  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Tags

Info Popular WordPress

AMRIT KHADKA

Contact

Lalitpur, Nepal
+977 9851071601
amritkhadka@gmail.comwww.amrtikhadka.com

Recent Posts

घामबाट बच्ने कि घाम ताप्ने ?January 29, 2019
अत्यधिक दोहन, बन्देज र निकासीJanuary 29, 2019
इ–रेडिएसन : खाद्य सुरक्षा र निर्यात वृद्धिमा उपयुक्तJanuary 29, 2019

About This Sidebar

You can quickly hide this sidebar by removing widgets from the Hidden Sidebar Settings.

Recent Posts

घामबाट बच्ने कि घाम ताप्ने ?January 29, 2019
अत्यधिक दोहन, बन्देज र निकासीJanuary 29, 2019
इ–रेडिएसन : खाद्य सुरक्षा र निर्यात वृद्धिमा उपयुक्तJanuary 29, 2019

Categories

  • Lifestyle
  • News
  • People
  • Post
  • WordPress

Meta

  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org